images
images
  • बाराका ११ वर्षीय बालकको अपहरणपछि भारतमा हत्या, ‘जिल्ला–३३ (ए)०८३/८४’ पक्राउ

    बारा– बाराको विश्रामपुर गाउँपालिका–३ मुसहर्वामा हराएका ११ वर्षीय बालकको भारतमा शव फेला परेको हत्या प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा विश्रामपुर गाउँपालिका–३ मुसहर्वामा बस्ने १७ वर्षीय परिवर्तित नाम ‘जिल्ला–३३ (ए)०८३/८४’ छन् । पक्राउ परेका आरोपितविरुद्ध अपहरण तथा कर्तव्य ज्यान मुद्दा दर्ता गरी सम्मानित जिल्ला अदालत बाराबाट पाँच दिनको म्याद थप गरेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय बाराका अनुसार भदौ ९ गत जिल्लाको विश्रामपुर गाउँपालिका–३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साह हराएको भन्दै सोही दिन राति करिब ११:४५ बजे प्रहरी चौकी मुसहर्वामा खबर प्राप्त भएको थियो ।

    घटनापछि प्रहरीले खोजतलास तथा अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा भदौ ११ गते बिहान करिब ८:३० बजे भारतको बिहार राज्यअन्तर्गत मोतिहारी जिल्लाको दुनियापाडी पञ्चायत–१ स्थित सिंहा नदीको किनारमा बालक मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

    घटनाको अनुसन्धानका क्रममा संकलित सीसीटीभी फुटेज, स्थानीयवासीको भनाइ तथा भारतीय प्रहरीसँगको समन्वयबाट बालकलाई अपहरण गरी भारत लगेर हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images