images
images
  • बैंकिङ कसुरकी धना : साढे दुई लाखको कसूरबाट भागिन्, दुई करोड विगोमा फसिन !

    काठमाडौं– बैंकिङ कसुर मुद्दाकी फरार प्रतिवादी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा कैलालीको टिकापुर नगरपालिका–१ की ४० वर्षीया धना शाही छिन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले आज मङ्गलबार काठमाडौंको बत्तिसपुतलीबाट पक्राउ गरेको हो ।

    हाल उनी काठमाडौँ महानगरपालिका–९ बत्तिसपुतली बस्दै आएकी थिइन् । उनीविरुद्ध बैंकिङ कसुरअन्तर्गत काठमाडौं जिल्ला अदालतले २०८२ असोज १६ गते दुई दिन कैद सजाय र १२ हजार ५०० रुपैयाँ जरिवाना तोकेको थियो । उक्त सजाय भुक्तान नगरी फरार रहेकी उनलाई आज प्रहरीले पक्राउ गरेको हो ।

    पक्राउ परेकी शाहीलाई फैसला कार्यान्वयनका लागि आजै काठमाडौं जिल्ला अदालत बबरमहलमा उपस्थित गराइएको प्रहरी उपरीक्षक (एसपी) शरत कुमार थापा क्षेत्रीले जानकारी दिए ।

    उनका अनुसार शाहीविरुद्ध थप एक करोड ७२ लाख ७७ हजार रुपैयाँ कुल बिगो रकम बराबरका विभिन्न नौ वटा बैंकिङ कसुर मुद्दा दर्ता रहेको खुलेको छ । जस अनुसार जिल्ला प्रहरी कार्यालय, कैलालीमा तीन वटा, जिल्ला प्रहरी परिसर, काठमाडौंमा चार वटा तथा प्रहरी वृत्त गौशाला र प्रहरी वृत्त नयाँ बानेश्वरमा एक/एक वटा बैंकिङ कसुरका मुद्दा दर्ता छन् । जसको कूल विगो रकम एक करोड ७२ लाख ८७ हजार रुपैयाँ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images