images
images
  • जलवायु परिवर्तनका कारण भोटेकोशीमा बाढी आयो : प्रधानमन्त्री साह

    काठमाडौं– प्रधानमन्त्री बालेन्द्र साह ‘बालेन’ ले गत बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढी जलवायु परिवर्तनको उपज भएको बताएका छन् ।

    मंगलबार साँझ सामाजिक सञ्जालमार्फत उनले जलवायु परिवर्तनको असरका कारण विपति आएको बताएका हुन् ।

    प्रधानमन्त्री साहले जलवायु परिवर्तन विश्वव्यापी योगदान भएको र प्रतिकार्य पनि विश्वव्यापी जिम्मेवारी भएको स्पष्ट गरेका छन् । ‘जलवायु परिवर्तनले हिमालय क्षेत्रको तापक्रम १.८ डिग्रीसम्म वृद्धि भइसकेको पुष्टि भएकाले सोही कारण यो विपत्ति आएकामा शङ्का छैन । जलवायु परिवर्तन विश्वव्यापी योगदान हो र प्रतिकार्य पनि विश्वव्यापी जिम्मेवारी हो,’ उनले भनेका छन् ।

    प्रधानमन्त्री साहले यस घटनाले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको सङ्केत गरेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘हामी सबैमाझ कसरी यो विपद् आइलाग्यो भन्ने जिज्ञाशा उठेको छ, विज्ञहरूसँग छलफल गर्दा रसुवाको भोटेकोशी नदीमा आएको बाढी हिमालय क्षेत्रमा हिउँ चट्टानको हिमपहिरोबाट सृजित यस क्षेत्रकै ठूलो विपत्ति हो भन्ने आएको छ, त्यसैले यस क्षेत्र अझ सचेत हुनैपर्छ । हामीले जलवायु परिवर्तनका कारण भोग्नुपरेको विपद्को विषयबारे अन्तरराष्ट्रिय समुदाय समक्ष बलियो गरी प्रस्तुत हुनुपर्ने समय आएको छ । हिउँ चट्टान किन खस्यो ? यति धेरै पानी कसरी आयो ? भन्ने प्रश्नको जवाफ मानव सभ्यतालाई जवाफ दिनैपर्छ ।’

    हिमनदीभित्र पग्लिएको पानीको कारणले गर्दा हिमनदीको पतनमा बरफ र पानी दुवै मिसिएको हुनसक्ने प्रधानमन्त्री साहको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images