images
images
  • कृषि विकास बैंकको डेढ करोड नगद र ५० करोडको सुन सुरक्षित निकालियो

    काठमाडौं– नेपाल प्रहरीले निरन्तर करिब ८ घण्टाको प्रयासपछि कृषि विकास बैंकको त्रिशूली ढुंगे शाखामा रहेको ठूलो परिमाणको नगद, सुन तथा महत्वपूर्ण कागजात सुरक्षित स्थानमा सारेको छ ।

    प्रहरीका अनुसार शाखाबाट करिब १ करोड ५० लाख रुपैयाँ नगद, अनुमानित ५० करोड रुपैयाँ बराबरको सुन तथा महत्वपूर्ण कागजात सुरक्षित स्थानमा सारिएको हो ।

    बाढी तथा विपद्का कारण जोखिममा परेको बैंकको शाखामा प्रहरी टोलीले निरन्तर प्रयास गरी बैंकमा रहेका नगद, सुन तथा महत्वपूर्ण कागजात सुरक्षित स्थानमा स्थानान्तरण गरेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images