images
images
  • नेपालीको निधनमा चिनियाँ राजदूतको अर्थ मन्त्रालयमा मौनधारण !

    काठमाडौं– रसुवामा आएको बाढीमा नेपालले भोगेको क्षतिप्रति चीन सरकारले गहिरो दु:ख व्यक्त गरेको छ ।

    चीनले गरेको आर्थिक सहयोग हस्तान्तरण गर्न आज आइतबार अर्थ मन्त्रालय पुगेका नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले नेपालीहरूको निधनप्रति मौनधारण गर्दै गहिरो दु:ख व्यक्त गरेका हुन् ।

    त्यस अवसरमा उनले यो विपत्तिमा नेपाल एक्लै नरहेको र चीन सधैँ साथमा रहेको भन्दै चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली छियाङको सन्देश अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष सुनाए ।

    ‘बाढीको विपत्तिका कारण नेपालमा ज्यान गुमाउनुभएका नागरिकप्रति चिनियाँ राष्ट्रपति सी चिनपिङ र प्रधानमन्त्री ली छियाङले गहिरो दु:ख व्यक्त गर्नुभएको छ । बाढीमा ज्यान गुमाएकाप्रति उहाँहरूले श्रद्धाञ्जली अर्पण गर्नुभएको छ,’ राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश सुनाउँदै राजदूत झाङ माओमिङले भने, ‘यो दु:खमा नेपाल एक्लै छैन । चीन नेपाल र नेपाली जनताको साथमा छ ।’ साथै, नेपालको विपतपछिको उद्धार र राहतमा चीन सरकारले सहयोग निरन्तर जारी राख्ने विश्वास राजदूत माओमिङले व्यक्त गरेका छन् ।

    चिनियाँ राजदूत झाङ माओमिङले चीन सरकारको तर्फबाट झण्डै साढे ३० करोड नेपाली रुपैयाँ (२० लाख अमेरिकी डलर) को चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका छन् । यसैगरी, उनले चिनियाँ रेडक्रसले उपलब्ध गराएको ३ करोड ६ लाख रुपैयाँबराबर (२ लाख अमेरिकी डलर) को नगद सहयोग पनि हस्तान्तरण गरे ।

    राहत रकम हस्तान्तरण गर्दै राजदूत माओमिङले हिमालय क्षेत्रमा आएको विशाल प्रलयका कारण नेपाल र चीनले भोगेको विपत्तिको सामना दुवै देशले मिलेर गर्ने बताए । नेपालका लागि चीन सरकारले घोषणा गरेका अन्य प्रकारका सहायता सामग्रीहरू पनि नेपाल भित्रिन सुरु भइसकेको जानकारी उनले दिएका छन् ।

    आज मात्रै दुईवटा चिनियाँ जहाजले ५० टन टेन्ट, ब्ल्याङ्केट, स्लिपिङ ब्याग, मेडिकल किट र बिस्कुटजस्ता सहायता सामग्री काठमाडौंमा ओरालेको राजदूत माओमिङको भनाइ थियो ।

    रसुवाको बाढीका कारण चीनतर्फ नै रोकिएका नेपालीहरूलाई मुस्ताङको कोरोला नाका भएर नेपाल फिर्ता ल्याउनका लागि पहल भइरहेको पनि उनले अर्थमन्त्रीलाई अवगत गराएका छन् ।

    त्यस्तै, जलविद्युत् कम्पनीको सुरुङ (टनेल) मा फसेकाहरूको उद्धारका लागि हिजै चिनियाँ हेलिकोप्टरसहितको दक्ष जनशक्ति नेपाल आएको जानकारी गराउँदै राजदूत माओमिङले थप दक्ष उद्धार प्राविधिकहरू आज नेपाल आइपुगेको बताए ।

    नेपाल सरकारले उद्धारका लागि माग गरेको ठूलो परिमाणमा सामान बोक्न सक्ने ड्रोन नेपाल ल्याउनका लागि चीन सरकारले द्रूत गतिमा काम गरिरहेको कुरा पनि उनले अर्थमन्त्रीलाई जानकारी दिए ।

    नेपालमा आएको बाढी हालसम्म कसैले नदेखेको महाविपत्ति हो, जस्तोसुकै सहयोग गर्न हामी तयार छौँ : राष्ट्रपति ट्रम्प

    प्रतिक्रिया दिनुहोस्
    images
    images