images
images
  • नेपालमा आएको बाढी हालसम्म कसैले नदेखेको महाविपत्ति हो, जस्तोसुकै सहयोग गर्न हामी तयार छौँ : राष्ट्रपति ट्रम्प

    काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रसुवा बाढीबाट प्रभावित नेपाललाई जस्तोसुकै सहयोग गर्न तयार रहेको घोषणा गरेका छन् ।

    फक्स न्युजसँगको कुराकानीमा ट्रम्पले नेपाललाई अमेरिकाले आवश्यक सबै सहयोग गर्ने घोषणा गरेका हुन् । उनले नेपालमा आएको प्रकृतिको बाढी अहिलेसम्म कसैले नदेखेको बिपत्ति भएको उल्लेख गरेका छन् ।

    ‘बाढी ध्वंसात्मक थियो । यस्तो बिपत्ती अहिलेसम्म कसैले देखेको थिएनन् । लेदोसहितको बाढीले शक्तिशाली भवनहरू पनि टुथपिकजसरी बगाएको छ,’ उनले भनेका छन् ।

    बाढीमा ५० देखि ६० जना अमेरिकी नागरिकहरू पनि परेको ट्रम्पले बताएका छन् । यद्यपि उनीहरूको सूची भने अहिलेसम्म प्राप्त नभएको उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images