images
images
  • रसुवाको बाढीमा मृत्यु हुनेको सङ्ख्या १६२ पुग्यो, ४१ घाइते उपचाररत, खोजीकार्य जारी (विवरणसहित)

    काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या १६२ पुगेको छ ।

    बाढीपछि बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका क्रममा विभिन्न स्थानबाट १६२ जनाको शव फेला परेको हो ।

    प्रहरीले बिहीबार बिहान ५ बजेसम्म सार्वजनिक गरेको अपडेटअनुसार बाढीमा परी घाइते भएका ४१ जना विभिन्न अस्पतालमा उपचाररत छन् ।

    उपचाररत घाइतेमध्ये २० जना त्रिवि शिक्षण अस्पताल, ४ जना ट्रमा सेन्टर, ३ जना वीर अस्पताल, १ जना वीरेन्द्र सैनिक अस्पताल, १ जना ग्रीन सिटी, ३ जना नर्भिक अस्पताल र ९ जना त्रिशूली अस्पतालमा उपचाररत रहेको विवरणमा उल्लेख छ ।

    बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यलाई तीव्र पारिएको छ । हालसम्म तीन हजार ३१८ जना प्रहरी परिचालन गरी उद्धार तथा खोजी कार्य भइरहेको जनाइएको छ ।

    यस्तै, बाढीमा परी विभिन्न स्थानमा कार्यरत प्रहरी कर्मचारीसमेत प्रभावित भएका छन् । इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत २३ जनामध्ये १३ जना सम्पर्कमा आएका छन् भने प्रहरी चौकी रसुवागढीमा कार्यरत ९ जनामध्ये १ जना सम्पर्कमा आएका छन् ।

    प्रहरी चौकी स्याफ्रुबेंसीमा कार्यरत ८ जनामध्ये ५ जना, अस्थायी प्रहरी पोस्ट मैलुङमा कार्यरत ६ जनामध्ये ३ जना, प्रहरी चौकी ब्राबाङमा कार्यरत १० जनामध्ये २ जना र प्रहरी चौकी हाकुमा कार्यरत ६ जनामध्ये ५ जना सम्पर्कमा आएको विवरणमा उल्लेख छ ।

    बाढीबाट रसुवासहित नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ तथा नवलपरासीका विभिन्न क्षेत्रमा समेत मानवीय क्षति भएको छ । बेपत्ता तथा प्रभावितहरूको खोजी र उद्धार कार्य अझै जारी रहेको छ ।

    784919142 1609977997229996 4317792626932079624 n

    बिहीबार बिहानैदेखि खोज तथा उद्धार पुन: सुचारु गरिने, घाइतेहरूको सुरुवाती उपचार सेनाको ब्यारेकमा

    सरकारद्वारा सहयोगको अपिल, खाता नम्बरहरू सार्वजनिक – Bishwokhar.com: News from Nepal Bishwokhar.com: News from Nepal

    प्रतिक्रिया दिनुहोस्
    images
    images