काठमाडौं– सरकारले रसुवा बाढी प्रभावितका लागि उद्धार कोषमा सहयोग गर्न सरकारको अपिल गरको छ ।
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको ठूलो जनधनको क्षतिपछि सरकारले यस्तो अपिल गरेको हो ।
बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लाका नदी तटीय क्षेत्र प्रभावित भएको भन्दै सरकारले विपद्बाट प्रभावितलाई तत्काल सुरक्षित स्थानमा व्यवस्थापन गर्नुका साथै दीर्घकालीन रूपमा पुन:स्थापना गर्न आवश्यक रहेकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गर्न अपिल गरेको जनाएको छ ।
सरकारले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुन:स्थापनामा सहयोग पुर्याउन इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार उक्त खातामा आर्थिक सहयोग गर्न आग्रह गरेको छ ।
सहयोगका लागि बैंक खाता

प्रतिक्रिया दिनुहोस्























