images
images
  • निम्सदाइको आज अन्त्येष्टि, पार्थिव शरीर बेलायत पुर्‍याइएपछि गोप्य राखियो

    काठमाडौं– पाकिस्तान नियन्त्रित कश्मीरको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्सदाइ’ पुर्जाको आज बेलायतमा अन्त्येष्टि गरिँदैछ ।

    पुर्जाको पार्थिव शरीर बेलायत पर्‍याइएपछि परिवारले सुरक्षाका कारण अगस्ट ९ देखि गोप्य स्थानमा राखेको थियो । दक्षिण–पश्चिम इङ्ल्यान्डको ब्लान्डफोर्ड फोरमस्थित मिल्टन एबीमा उनको अन्त्येष्टि गरिनेछ भने उनलाई ‘गार्ड अफ अनर’ प्रदान गर्ने कार्यक्रमसमेत रहेको बताइएको छ ।

    सन् २०१९ मा विश्वका १४ अग्ला हिमाल १८९ दिनमा आरोहण गरेर कीर्तिमान बनाएका पुर्जाको शव उद्धार गर्न प्रख्यात आरोही मिङ्मा जी शेर्पाको टोलीले जोखिमपूर्ण अभियान सञ्चालन गरेको थियो ।

    परिवारले पुर्जाको अन्त्येष्टि पारिवारिक तथा निजी रूपमा गरिने जनाएको छ । साथै, निम्सदाइप्रति श्रद्धाञ्जली व्यक्त गर्न चाहने नजिकका व्यक्ति तथा सम्बन्धित समुदायलाई सम्भव भएसम्म अवसर दिने बताउँदै परिवारको गोपनीयता र शोक मनाउने अधिकारको सम्मान गर्न आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images