images
images
  • इरानमाथि अमेरिकाको कडा प्रहार, अर्थतन्त्रको मुख्य पाँच क्षेत्रमा प्रतिबन्ध लगायो

    काठमाडौं । अमेरिकाले इरानको अर्थतन्त्रमा दबाब बढाउँदै क्रिप्टोकरेन्सी, प्रविधि, सुन, उड्डयन र सामुद्रिक ढुवानी गरी पाँच प्रमुख क्षेत्रमा नयाँ प्रतिबन्ध लगाएको छ ।

    अमेरिकाका अनुसार प्रतिबन्धको उद्देश्य इरानले यी माध्यमबाट विदेशमा सञ्चालन गर्दै आएको आर्थिक गतिविधि र राजस्वको प्रवाह रोक्नु हो ।

    इरानसँग व्यापार गरी आर्थिक लाभ लिने अन्य मुलुक र कम्पनीमाथि समेत सेकेन्डरी स्यान्क्शन्स लगाएर अमेरिकी डलरमा आधारित वित्तीय प्रणालीबाट अलग गर्ने चेतावनी अमेरिकाले दिएको छ ।

    इरानका प्रमुख व्यापारिक साझेदार चीन, टर्की र संयुक्त अरब इमिरेट्स (युएई) भएकाले नयाँ प्रतिबन्धले यी मुलुकका व्यवसायमाथि समेत असर पर्न सक्ने देखिएको छ । अमेरिकाले चिनियाँ बैंकहरूलाई समेत चेतावनी दिएको छ । यद्यपि, चीनमाथि तत्काल कस्तो कदम चाल्ने भन्नेबारे अमेरिकाले स्पष्ट योजना सार्वजनिक गरेको छैन ।

    नयाँ प्रतिबन्ध सबै क्षेत्रमा तत्काल लागू नहुने र केही कम्पनी तथा व्यवसायीलाई कारोबार समायोजन गर्न छोटो ग्रेस पिरियड दिइने बताइएको छ ।

    अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले ‘अपरेसन इकोनोमिक आउटकास्ट’ सुरु गरिएको घोषणा गर्दै इरानतर्फ जाने आर्थिक प्रवाह रोक्नु यसको मुख्य उद्देश्य रहेको बताएका छन् । इरान आर्थिक रूपमा अलगथलग नभएसम्म अभियान जारी रहने र इरानसँग कारोबार गर्ने मुलुक तथा कम्पनीमाथि कारबाहीको जोखिम बढेको उनको चेतावनी छ ।

    यसैबीच, अमेरिका–इरान तनावमा स्ट्रेट अफ हर्मुज पनि महत्वपूर्ण मुद्दा बनेको छ । विश्वको ठूलो हिस्सा तेल व्यापार हुने यो समुद्री मार्गको सञ्चालनबारे दुई देशबीच अझै सहमति बन्न सकेको छैन ।

    इरानी संसद्‌द्वारा होर्मुजमा शुल्क असुल्ने विधेयक पारित, अमेरिकी डलर बुझाउन नपाइने

    प्रतिक्रिया दिनुहोस्
    images
    images