काठमाडौं– साताको पहिलो कारोबार सेयर बजार २६ सय मुनि झरेको छ ।
अघिल्लो दिनको तुलनामा आज बजार परिसूचक नेप्से १९.१३ अंक घटेको हो ।
यो कमीसँगै नेप्से परिसूचक २५९९ अंकमा कायम भएको छ ।
अघिल्लो दिन नेप्से १०.६७ अंक घटेको थियो ।
आज कारोबार रकम पनि केही घटेको छ ।
अघिल्लो दिन ४ अर्ब १६ करोडको कारोबार भएकोमा आज ३ अर्ब २३ करोडको भयो ।
४७ कम्पनीको मूल्य बढ्दा २२९ कम्पनीको घटेको छ ।
२ को मूल्य स्थिर रह्यो ।
सबै समूहगत सूचक झरेका छन् ।
जलविद्युत् सबैभन्दा धेरै १.१९ प्रतिशत घट्यो ।
त्यस्तै निर्जीवन बीमा १.१२ प्रतिशत घट्यो ।
अरू समूहगत सूचकको गिरावट दर १ प्रतिशतभन्दा कम रह्यो ।
बैंकिङ ०.६७, विकास बैंक ०.४७, फाइनान्स ०.८०, होटल तथा पर्यटन ०.०१, लगानी ०.४१, जीवन बीमा ०.८१, उत्पादन तथा प्रशोधन ०.४६, माइक्रोफाइनान्स ०.५३, अन्य ०.७८ तथा व्यापार ०.५० प्रतिशत घटे ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















