images
images
  • मधेसमा महिलाको नाममा उद्योग व्यवसाय दर्ता बढ्दो

    काठमाडौं– उद्योग तथा व्यवसाय दर्ता शुल्कमा महिलालाई दिइएको सहुलियतपछि मधेस प्रदेशमा महिलाको नाममा उद्योग व्यवसाय दर्ता गर्ने क्रम बढेको छ ।

    घरेलु तथा साना उद्योग कार्यालय धनुषाका प्रमुख सन्तोषकुमार साहका अनुसार कार्यालयमा दैनिक १० देखि १२ वटा नयाँ उद्योग तथा व्यवसाय दर्ता हुने गरेकामा करिब ७० प्रतिशत महिलाको नाममा दर्ता हुने गरेका छन् ।

    महिलाका नाममा दर्ता हुने व्यवसायमा सामान्य पसल, सिलाइकटाइ तथा सौन्दर्य व्यवसाय बढी छन् भने उद्योगतर्फ कृषि, माछापालन र पशुपालनसम्बन्धी उद्योगको सङ्ख्या बढी रहेको छ ।

    मधेस प्रदेश सरकारका अनुसार आर्थिक वर्ष २०८२र८३ मा प्रदेशका आठ जिल्लामा उद्योग तथा व्यवसायबाट ४ हजार ८७८ महिलाले रोजगारी पाएका छन्।

    सोही अवधिमा प्रदेशमा ५ हजार ६८ वटा नयाँ उद्योग दर्ता भएका छन् भने ७ हजार ५४० वटा उद्योग नवीकरण भएका छन् । नयाँ उद्योग तथा वाणिज्य दर्ता र नवीकरणबाट ५ करोड २६ लाख ४९ हजार ५६२ रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

    महिलालाई दर्ता शुल्कमा सहुलियत, व्यवसाय दर्तामा कडाइ तथा बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी सहज हुनुलगायत कारण महिलाको उद्योग व्यवसायमा सहभागिता बढेको अधिकारीहरूको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images