images
images
  • सानिमा ग्रोथ फण्डले इकाईधनीलाई ५ प्रतिशत प्रतिफल दिने

    काठमाडौं– सानिमा बैंक लिमिटेड कोष प्रवर्द्धक तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित सानिमा ग्रोथ फण्डले इकाईधनीलाई प्रतिफल वितरण गर्ने घोषणा गरेको छ ।

    फण्डले गत आर्थिक वर्षका लागि इकाईधनीलाई ५ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।

    भदौ ५ गते बसेको फण्डको योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडको सञ्चालक समितिको बैठकले ५ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।

    प्रतिफल वितरणका लागि फण्डले भदौ १८ गते बुक क्लोज गर्ने जनाएको छ। बुक क्लोजअनुसार भदौ १७ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम रहेका इकाईधनीले उक्त प्रतिफल प्राप्त गर्नेछन् ।

    फण्डले प्रतिफल वितरणको प्रक्रिया पूरा गर्न बुक क्लोजपछि आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images