images
images
  • प्रभुका दुई म्युचुअल फण्डले १२ प्रतिशत प्रतिफल दिने

    काठमाडौं– प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालित दुई बन्दमुखी योजनाले गत आर्थिक वर्ष २०८२र८३ का लागि इकाईधनीलाई १२ प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा गरेका छन् ।

    प्रभु बैंक कोष प्रवर्द्धक तथा प्रभु क्यापिटल योजना व्यवस्थापक रहेको प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डले समान १२ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने भएका हुन् ।

    भदौ ५ गते बसेको प्रभु क्यापिटलको सञ्चालक समितिको बैठकले दुवै योजनाका इकाईधनीलाई १२ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।

    प्रतिफल वितरणसम्बन्धी आवश्यक प्रक्रिया पूरा भएपछि सम्बन्धित इकाईधनीले उक्त प्रतिफल प्राप्त गर्नेछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images