images
images
  • यी चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

    काठमाडौं– देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

    देशभर साधारणतया बदली रहने तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ । तराईका विभिन्न क्षेत्रमा समेत मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    रातिसमेत कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

    मनसुनी वर्षाका कारण पहाडी तथा नदी आसपासका क्षेत्रमा बाढी, पहिरो तथा डुबानको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images