images
images
  • वर्षा र पहिरोले विभिन्न सडक अवरुद्ध, आवश्यक जानकारी लिएर मात्रै यात्रा गर्न आग्रह

    काठमाडौं– वर्षा र पहिरोका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारी सञ्चालनमा रोक लगाइएको छ ।

    प्रहरी प्रधान कार्यालयका अनुसार काभ्रे, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, लमजुङ, इलाम, नुवाकोट, रोल्पा, पाल्पा र मकवानपुरका सडक प्रभावित भएका छन् ।

    काभ्रेको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकमा राति ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ । मकवानपुरको कान्ति लोकपथमा पनि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द गरिएको छ । नुवाकोटको टोखा–छहरे सडकमा अत्यावश्यक सेवाबाहेकका सवारी राति १० बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न रोक लगाइएको छ ।

    इलामको राजदुवालीमा हिलो जम्दा मेची राजमार्ग, सिन्धुपाल्चोकको कोदारी र लिपिङमा पहिरो तथा सडक भासिँदा अरनिको राजमार्ग, रसुवाको खाल्टेमा त्रिशूली नदीको कटान र स्याउपार्किङमा पहिरोका कारण सम्बन्धित सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

    त्यस्तै, रुकुम पश्चिमको भेरी करिडोर, लमजुङको बेँसीसहर–मनाङ सडक, रोल्पाको घोराही–थवाङ–रुकुम सहिदमार्ग र पाल्पाको सिद्धार्थ राजमार्ग पनि पहिरोका कारण अवरुद्ध भएका छन् ।

    प्रहरीले पहिरो तथा बाढीको जोखिम कायम रहेकाले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र आवश्यकताअनुसार वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । 782345235 1292187669515541 3503987928114868314 n779742409 1395252636084632 6966698888441840111 n

    प्रतिक्रिया दिनुहोस्
    images
    images