images
images
  • बागमतीको सत्तासमीकरणले राप्रपामा तनाव, संसदीय दलको नेतालाई कारबाही गर्ने तयारी

    काठमाडौं– बागमतीको मुख्यमन्त्रीमा दाबी पेश गरेका एमाले नेता किरण थापालाई समर्थन गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा तनाव उत्पन्न भएको छ ।

    केन्द्रको निर्देशनविपरीत प्रदेश संसदीय दलले एमालेलाई समर्थन गरेपछि केन्द्र र संसदीय दलबीच विवाद उत्पन्न भएको हो ।

    संसदीय दलका नेता उद्धव थापाले एमाले नेता किरण थापालाई समर्थन गरेपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले उनलाई कारबाहीको चेतावनी दिएका छन् । त्यतिमात्र होइन प्रदेश प्रमुखलाई पत्रचार गर्दै एमालेलाई राप्रपाको समर्थन नरहेको समेत बताएका छन् ।

    यसै विषयमा छलफल गर्न राप्रपाले आज बिहान ११ बजे अनुशासन समितिको बैठक र १२ बजे केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ । बुधबारनै राप्रपाले संसदीय दलका नेता उद्धव थापालाई १२ घण्टाभित्र स्पष्टीकरण पेश गर्न समय दिएको छ ।

    अर्कोतर्फ संसदीय दलका नेता उद्धव थापाले भने राप्रपाको समर्थन यथावत रहेको बताउँदै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images