images
images
  • जिवीमा ‘चेकआउट बाई फोनपे’ सेवा, ग्राहकलाई २० प्रतिशतसम्म क्यासब्याक

    काठमाडौं– फोनपेले जिवीसँग साझेदारी गर्दै ‘चेकआउट बाई फोनपे’ सेवा जिवीमा एकीकृत गरेको छ । योसँगै जिवीबाट अनलाइन सामान खरिद गर्ने ग्राहकले भुक्तानी प्रक्रिया थप छिटो, सरल र सहज रूपमा पूरा गर्न सक्ने भएका छन् ।

    एकीकरणपछि जिवीमा सामान खरिद गर्ने क्रममा ग्राहकले ‘चेकआउट बाई फोनपे’ विकल्प छनोट गरी सहभागी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्न सक्नेछन् । यसले सामान छनोटदेखि भुक्तानीसम्मको सम्पूर्ण प्रक्रियालाई सहज बनाउने कम्पनीले जनाएको छ ।

    सेवा सुरु भएको अवसरमा फोनपे र जिवीले ग्राहकका लागि विशेष क्यासब्याक योजना पनि ल्याएका छन् । योजनाअन्तर्गत ग्राहकले २० प्रतिशतसम्म, अधिकतम ५०० रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

    यो योजना अगस्ट १८ देखि अगस्ट ३१ सम्म लागू हुने जनाइएको छ । एक ग्राहकले अभियान अवधिभर अधिकतम ५०० रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

    फोनपेले जिवीसँगको सहकार्यलाई नेपालको विद्युतीय भुक्तानी प्रणालीलाई थप सुदृढ बनाउने आफ्नो निरन्तर प्रयासको हिस्सा भएको जनाएको छ ।

    कम्पनीका अनुसार नयाँ भुक्तानी समाधानमार्फत थप व्यापारी तथा वित्तीय संस्थालाई जोड्दै अनलाइन कारोबारलाई छिटो, सरल र सहज बनाउने लक्ष्य लिइएको छ ।

    फोनपेले आगामी दिनमा थप व्यापारी, वित्तीय संस्था तथा विद्युतीय व्यापारिक मञ्चमा ‘चेकआउट बाई फोनपे’ सेवा विस्तार गर्ने जनाएको छ । यसबाट देशभरका ग्राहकले अझ सहज, सुरक्षित र निर्बाध विद्युतीय भुक्तानीको सुविधा पाउने कम्पनीको विश्वास छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images