images
images
  • रुपन्देही प्रहरीले सार्वजनिक गर्‍यो साउनको प्रगति विवरण

    काठमाडौं– जिल्ला प्रहरी कार्यालय रुपन्देहीले साउन महिनाको प्रगति विवरण सार्वजनिक गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय र मातहत समेतबाट साउन महिनाभर सम्पादित काम तथा गतिविधिहरूलाई समेटेर हिजो सोमबार उक्त विवरण सार्वजनिक गरिएको हो ।

    प्रतिवेदन अनुसार ज्यान सम्बन्धी, आत्महत्या, चोरी, संगठित तथा आर्थिक अपराध, सामाजिक अपराध, महिला बालबालिकासम्बन्धी अपराध, सवारीसम्बन्धी र विविध वर्गका कूल १८८ वटा मुद्दा सो कार्यालयमा दर्ता भएका छन् ।

    त्यसमध्ये जघन्य/गम्भीर अपराध वर्गमा सबै भन्दा धेरै ६२ वटा मुद्दा दर्ता भएका छन् । यस्तै, महिला बालबालिकासम्बन्धी १० र आर्थिक अपराधसम्बन्धी ६० वटा मुद्दा दर्ता भएको छ । यस्तै, चालु मुद्दाको १५९ जना प्रतिवादीलाई पक्राउ गरी कानुनी बाटोतर्फ पठाइएको छ ।

    पूरा विवरण–

    प्रतिक्रिया दिनुहोस्
    images
    images