images
images
  • देशभर मनसुनी वायुको प्रभाव : बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना

    काठमाडौ– जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिम मा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको नजिक रहेको जानकारी दिएको छ ।

    हाल कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लागेको छ । मधेश प्रदेश साथै गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागमा आंशीक बादल लागेको छ । कोशी, बागमती र लुम्बिनी प्रदेशका केहि स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान र गण्डकी प्रदेशका एक–दुई स्थानमा मध्यमसम्मको पानी परिरहेको छ ।

    आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

    लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका केही स्थान तथा मधेश प्रदेश साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

    बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भाग, लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    त्यस्तै आज राति देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ । देशको तराई भू–भागमा आंशीक बादल लाग्नेछ । देशका हिमाली र पहाडी भू–भागका केहि स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

    गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थान साथै मधेश प्रदेश तथा कोशी र बागमती प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

    बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images