images
images
  • पक्राउ परेका पत्रकार किशोर श्रेष्ठलाई सर्वोच्चमा उपस्थित गराउन आदेश

    काठमाडौं– सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई साउन २९ गते सोमबार बरामद सामग्रीसहित अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।

    बन्दी प्रत्यक्षीकरणको रिटमा न्यायाधीश बालकृष्ण ढकालको इजलासले यो आदेश जारी गरेको हो ।

    प्रहरीले श्रेष्ठलाई साउन २३ गते बुधबार राति पक्राउ गरी उनको कार्यालय र घरबाट कम्प्युटर, ल्यापटप, मोबाइललगायत विद्युतीय सामग्री जफत गरेको थियो ।

    उनीमाथि वैयक्तिक गोपनीयता ऐन, २०७५ विपरीतको कसुरको आरोप छ ।

    श्रेष्ठकी श्रीमती सरस्वतीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटपछि अदालतले सो आदेश दिएको हो ।

    प्रहरीले अनुसन्धानका लागि अदालतबाट तीन दिनको म्याद पाएको थियो ।

    पत्रकार महासंघलगायत विभिन्न संस्था र राजनीतिक दलहरूले उनको पक्राउको विरोध गर्दै निःशर्त रिहाई माग गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images