images
images
  • हिजो आएका देउवा आजै कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा सहभागी हुँदै

    काठमाडौं । स्वास्थ्योपचारका लागि लामो समयदेखि मुलुकबाहिर रहँदै आएका नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा हिजो बिहीबार स्वदेश फर्किएका छन् ।

    स्वदेश फर्किएको भोलिपल्टै उनी आज कांग्रेस संस्थापन इतर समूहले आयोजना गर्ने राष्ट्रिय भेलामा सहभागी हुने भएका छन् । काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा बिहान ११:३० बजे हुने राष्ट्रिय भेलालाई उनले प्रमुख अतिथिको कुर्सीबाट सम्बोधन गर्ने तयारी रहेको बताइएको छ ।

    भेलाको बन्दसत्र साउन ३० र ३१ गते हुने छ । बन्दसत्रमा विभिन्न विषयगत छलफल हुने नयाँ नीति तथा कार्यक्रम तय हुने नेताहरुले बताएका छन् । भेलामा पाँच हजार नेता–कार्यकर्ताहरूको उपस्थिति हुने अनुमान इतर समूहले गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images