images
images
  • रूसी भूमि जापानले दाबी गरेपछि २ देशबीच युद्धको सम्भावना

    काठमाडौं– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले विवादित कुरिल टापुमा पहिलोपटक भ्रमण गरेका छन् ।

    जापानले आफ्नो भू–भागका रूपमा दाबी गर्दै आएको यी टापुमा पुटिनको भ्रमणले दुई देशबीचको लामो क्षेत्रीय विवाद थप चर्किने संकेत देखाएको छ ।

    सरकारी समाचार एजेन्सी तासका अनुसार पुटिनले प्रशान्त महासागरस्थित रुसी नौसेनाको प्रमुख युद्धपोतको निरीक्षण गरेका थिए ।

    सन् १९४५ मा सोभियत संघले कब्जा गरेपछि रुसको नियन्त्रणमा रहेका यी टापुलाई जापान उत्तरी क्षेत्र भन्छ ।

    युक्रेन युद्धपछि जापानले पश्चिमी देशसँगै रुसमाथि प्रतिबन्ध लगाएपछि द्विपक्षीय सम्बन्ध तनावपूर्ण बन्दै गएको छ ।

    यस्तै बेला पुटिनको यो भ्रमणले झन् चिसोपन आउने देखिन्छ ।

    रणनीतिक महत्व बोकेका यी ज्वालामुखीय टापुमा करिब २० हजार रुसी बसोबास गर्छन् ।

    यहाँ सुन, चाँदीजस्ता खनिज र प्रशस्त माछाका स्रोत छन् ।

    सन् २०१० मा मेदभेदेभ यहाँ भ्रमण गर्ने पहिलो रुसी राष्ट्रपति बनेका थिए ।

    सन् १९५६ मा सोभियत नेता ख्रुस्चेभले दुई टापु फिर्ता गर्ने प्रस्ताव गरे पनि सम्पूर्ण विवाद मिलेन ।

    सोभियत विघटनपछि वार्ता भए पनि चार दशकभन्दा लामो विवादको समाधान हुन सकेको छैन ।

    पुटिनको भ्रमणले यो विवाद फेरि चर्चामा आएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images