images
images
  • एमालेमा ७० वर्षे उमेरहद र २ वर्षे कार्यकाल ब्युत्याइँदै, बाँचुञ्जेल अध्यक्ष बन्ने ओलीको चाहामा ब्रेक

    काठमाडौं– नेकपा (एमाले) पुनर्गठन सुझाव कार्यदलले पार्टीको नेतृत्व, नीति र संगठनात्मक संरचनामा आमूल परिवर्तन गर्ने प्रस्ताव अघि सारेको छ ।

    प्रतिवेदनमा अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने निष्कर्ष निकाल्दै ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था पुनः लागू गर्न सिफारिस गरिएको छ ।

    कार्यदलले पार्टी कमिटीको आकार घटाएर तल्लो तहलाई संगठनात्मक निर्णयमा बढी स्वायत्तता दिनुपर्ने प्रस्ताव पनि गरेको छ ।

    उम्मेदवार छनोटदेखि स्थानीय नेतृत्व चयनसम्म सम्बन्धित तहका सदस्यहरूले निर्णय गर्नुपर्ने व्यवस्था गर्न सुझाइएको छ ।

    यी प्रस्ताव पारित गर्न आगामी असोजभित्र राष्ट्रिय महाधिवेशन प्रतिनिधिहरूको सम्मेलन बोलाउने तयारी गरिएको छ ।

    गत मंसिरको महाधिवेशनका प्रतिनिधि सहभागी हुने उक्त सम्मेलनलाई विशेष महाधिवेशनसरह महत्व दिइएको छ ।

    प्रतिवेदनले एमालेको पछिल्लो पराजयको मुख्य कारण बाह्य हस्तक्षेपभन्दा आन्तरिक कमजोरी भएको निष्कर्ष निकालेको छ ।

    ओली प्रतिवेदनका केही निष्कर्षसँग असहमत रहेकाले पार्टीभित्र शक्ति–संघर्ष चर्किएको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images