images
images
  • लालबकैया नदीमा डुबेर बेपत्ता तीन बालबालिकामध्ये दुई जनाको शव फेला

    काठमाडौं– लालबकैया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव बुधबार बिहान फेला परेको छ।

    जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मंगलबार दिउँसो नदीमा नुहाउन गएका एक बालक र दुई बालिका अचानक बेपत्ता भएका थिए। खोजीका क्रममा देवाही गोनाही नगरपालिका–२ लक्ष्मिनियाका १० वर्षीय मोहमद रहमतुल्लाह र सोही स्थानकी १० वर्षीया सवनम खातुनको शव फेला परेको हो।

    दुवै जनाको शव नदीमा तैरिरहेको अवस्थामा स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थल पुगेको प्रहरीले शवलाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमका अनुसार शवलाई पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ।

    बेपत्ता भएकी अर्की एक बालिकाको भने अझै खोजी जारी रहेको प्रहरीले जनाएको छ। स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा नदी क्षेत्रमा खोजी कार्य भइरहेको छ।

    घटनापछि लक्ष्मिनिया क्षेत्रमा शोकको वातावरण छाएको छ। प्रहरीले वर्षायाममा नदी तथा खोलामा नुहाउँदा विशेष सावधानी अपनाउन अभिभावक र स्थानीयलाई आग्रह गरेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images