काठमाडौं– आज विश्वका विभिन्न भागमा सूर्यग्रहण लाग्दैछ ।
ग्रहण उत्तरी रुस, ग्रिनल्यान्ड, आइसल्यान्ड, स्पेन र पोर्चुगलका केही भागबाट पूर्ण सूर्यग्रहणका रूपमा देखिनेछ भने युरोप, क्यानडा, उत्तरी अमेरिकाका केही भाग तथा उत्तरपश्चिमी अफ्रिकाका क्षेत्रमा आंशिक सूर्यग्रहण देखिनेछ ।
ग्रहणको मुख्य चरणमा सूर्य पूर्ण रूपमा ढाकिनेछ । पूर्ण सूर्यग्रहणको अवधि भने अढाई मिनेटभन्दा कम रहनेछ । केही स्थानमा सूर्यास्तको समयमा समेत ग्रहण देखिनेछ ।
नेपाल तथा दक्षिण एसियाका अधिकांश क्षेत्रबाट भने आजको सूर्यग्रहण देखिने छैन ।
सूर्यग्रहणलाई नाङ्गो आँखाले हेर्नु अत्यन्त जोखिमपूर्ण हुने भएकाले ग्रहण अवलोकन गर्दा आईएसओ १२३१२–२ मापदण्डअनुसारका विशेष ग्रहण चस्मा मात्र प्रयोग गर्न विशेषज्ञहरूले सुझाव दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्





















