images
images
  • सिरियाली पूर्वराष्ट्रपति बसर अल–असदलाई मृत्युदण्ड

    दमास्कस– सिरियाको चौथो फौजदारी अदालतले अपदस्थ पूर्वराष्ट्रपति बसर अल–असद र उनका भाइ माहेर अल(असदलाई मानवताविरुद्धका अपराध र युद्ध अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ ।

    सन् २०११ मा सुरु भएको विद्रोह १४ वर्ष लामो गृहयुद्धमा परिणत हुँदा करिब पाँच लाख मानिसको ज्यान गएको थियो ।

    अदालतले असदले राज्यका सुरक्षा निकाय प्रयोग गरेर युद्ध अपराध गराएको ठहर गरेको छ ।

    सोही मुद्दामा दारा प्रान्तका पूर्व राजनीतिक सुरक्षा प्रमुख आतेफ नाजिबलाई पनि हत्या, यातना र मनोमानी गिरफ्तारीमा संलग्न रहेको भन्दै मृत्युदण्ड सुनाइएको छ ।

    सन् २०११ मा किशोरहरूलाई पक्राउ गरी यातना दिएको घटनाले असदविरुद्धको जनआन्दोलनलाई चर्काएको थियो ।

    असद शासन सन् २०२४ डिसेम्बरमा ढलेपछि आएको यो पहिलो ठूलो न्यायिक फैसला हो ।

    बसर र माहेर असद हाल रुसमा रहेको र उनीहरूको अनुपस्थितिमा सुनुवाइ भएकाले फैसला तत्काल कार्यान्वयन हुने अवस्था छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images