वासिङ्टन डीसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौताअघि युद्ध, आक्रमण र प्रदर्शनका क्रममा भएको क्षतिको क्षतिपूर्ति तिर्नुपर्ने माग अघि सारेपछि स्ट्रेट अफ होर्मुज पुनः खोल्ने सम्भावित सहमति थप जटिल बनेको छ ।
ट्रम्पले इरानका कारण मृत्यु भएका अमेरिकी नागरिक र पश्चिम एशियामा मारिएका सैनिकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने बताएका छन् ।
इरानले भने अमेरिकी प्रतिबन्ध हटाउन र विगतका क्षतिको क्षतिपूर्ति दिनुपर्ने सर्त राखेको छ ।
दुवै पक्षका कडा अडानका कारण होर्मुज खुल्ने सम्भावना कमजोर बनेको अन्तर्राष्ट्रिय विश्लेषण छ ।
यसको असर तेल बजारमा पनि देखिएको छ ।
रोयटर्सका अनुसार सोमबार ब्रेन्ट कच्चा तेलको मूल्य करिब ५ प्रतिशत बढेर प्रतिब्यारेल ८७.७२ डलर पुगेको छ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















