images
images
  • इरानले हत्या गर्न सक्ने भयले ट्रम्प टर्कीबाट भागेर बेलायत पुगेको खुलासा

    काठमाडौं– इरानबाट हत्याको धम्की आएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्कीबाट बेलायत जाँदा गोप्य रूपमा विमान परिवर्तन गरेको खुलासा भएको छ ।

    वासिङ्टन पोस्टका अनुसार ट्रम्प जुलाई ८ मा अङ्कारामा एयर फोर्स वनमा चढेको देखिए पनि केही समयपछि उनी सानो सी–३२ ए विमानमार्फत बेलायत पुगेका थिए ।

    यो जानकारी सञ्चारमाध्यम र केही अधिकारीबाट समेत गोप्य राखिएको थियो ।

    रिपोर्टअनुसार इरानी प्रोक्सी समूहबाट हुन सक्ने सुरक्षा खतराका कारण विमान परिवर्तन गरिएको हो ।

    यस घटनाले कतारले अमेरिकालाई उपहार दिएको नयाँ बोइङ ७४७–८ एयर फोर्स वनको सुरक्षा क्षमतामाथि पनि प्रश्न उठाएको छ ।

    ह्वाइट हाउसले भने नयाँ विमान अत्याधुनिक रहेको र राष्ट्रपतिको सुरक्षाका लागि सबै उच्चस्तरीय सुरक्षा प्रोटोकल लागू गरिएको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images