काठमाडौं– सशस्त्र प्रहरी बलका प्राविधिक तर्फका १० जना प्रहरी नायव उपरीक्षक (डीएसपी) र ३३ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरिएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षकको हिजो बिहीबारको निर्णयबाट सशस्त्र प्रहरी नियमावली, २०७२ बमोजिम उनीहरूको सरुवा गरिएको हो । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले बिहीबार पत्र जारी गर्दै सरुवाबारे जानकारी गराएको छ ।
पत्र अनुसार सरुवा भएकाहरूले सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फका उपरीक्षकहरूलाई सरुवा गरिएको कार्यालयबाट नियमानुसार तलब भत्ता तथा रासन पाउने छन् ।
प्रतिक्रिया दिनुहोस्























