images
images
  • स्रोत नखुलेको १३ लाख नेपाली रुपैयाँसहित दुई जना नियन्त्रणमा

    काठमाडौं । श्रोत नखुलेको १३ लाख नेपाली रुपैयाँसहित सर्लाही जिल्लाको पर्सा गाउँपालिका–६ स्थित सीमा ईलाकाबाट साउन १९ गते सशस्त्र प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

    नियन्त्रणमा लिइएकाहरुमा सोही ठाउँ बस्ने २३ वर्षीय असपाक साह र महोत्तरी जिल्लाको श्रीपुर नगरपालिका–४ बस्ने ४६ वर्षीय साजन मुखिया छन् ।

    भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सग्रामपुर सर्लाहीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा फेला परेको उल्लेखित रुपैयाँको श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिएको हो । बरामद रुपैयाँमा एक हजार दरको १३ सय थान नेपाली रुपैयाँ रहेको छ ।

    नियन्त्रणमा लिइएका दुवै जनालाई बरामद रुपैयाँसहित आवश्यक कारबाहीको लागि मलंगवा भन्सार कार्यालय सर्लाहीमा बुझाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images