सप्तरी । सुनसरी घटनाका कारण सप्तरीमा पनि कर्फ्यु आदेश जारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले जिल्लाको राजविराज क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो ।
बिहीबार राति १० बजेदेखि बोदेबरसाईन क्षेत्रमा कर्फ्यु जारी गरेको प्रशासनले आज बिहान ८ बजेदेखि राजविराज क्षेत्रमा पनि कर्फ्यु जारी गरेको छ ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार शुक्रबार बिहान ८ बजेदेखि अर्को आदेश नभएसम्मका लागि राजविराज क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए ।
उनका अनुसार पूर्वी सीमा खाँडो खोला, पश्चिममा हुलाकी राजमार्गअन्तर्गत जमुनी–थलही, उत्तरमा रुपनी रोडस्थित बसविट्टी चोक र दक्षिणमा कोशी पश्चिम मूल नहरसम्म कर्फ्यु लगाइएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















