images
images
  • विश्वकप विजेताले ‘च्याम्पियनसिप रिङ’ पनि पाउने

    काठमाडौं– फिफा विश्वकप २०२६ को विजेता टोलीले यसपटक ट्रफी र स्वर्ण पदकसँगै पहिलोपटक विशेष ‘च्याम्पियनसिप रिङ’ पनि प्राप्त गर्ने भएको छ ।

    अमेरिकी खेल संस्कृतिबाट प्रेरित यो सम्मान फिफाले पहिलोपटक विश्वकपमा समावेश गरेको हो ।

    कुल २,०२६ वटा सीमित संस्करणका रिङमध्ये ३० वटा विजेता टोलीका खेलाडी तथा अफिसियललाई प्रदान गरिनेछ भने बाँकी आधिकारिक रूपमा बिक्री गरिनेछन् ।

    प्रत्येक रिङमा विश्वकप ट्रफी, विजेता राष्ट्रको पहिचान, छुट्टै क्रम संख्या तथा प्रामाणिकताको प्रमाणपत्र हुनेछ ।

    विश्वकप फाइनल आइतबार नेपाली समयअनुसार राति १२ः४५ बजे अर्जेन्टिना र स्पेनबीच हुनेछ ।

    विजेता टोलीका कप्तान र मुख्य प्रशिक्षकलाई खेलपछि अस्थायी रिङ प्रदान गरिनेछ भने व्यक्तिगत नापअनुसार तयार पारिएका स्थायी रिङ पछि विशेष समारोहमा हस्तान्तरण गरिनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images