images
images
  • फिफा वरीयताका शीर्ष ४ टोली पहिलोपटक विश्वकपको सेमिफाइनलमा

    काठमाडौं– विश्व फुटबलको इतिहासमा पहिलो पटक फिफा वरीयताका शीर्ष चार टोली एकैसाथ विश्वकपको सेमिफाइनलमा पुगेका छन् ।

    वरीयताको शीर्ष स्थानमा रहेको स्पेनसँगै अर्जेन्टिना, फ्रान्स र इंग्ल्यान्ड अन्तिम चारमा पुगेका हुन् ।

    २०२६ विश्वकपका लागि फिफाले शीर्ष टोलीहरूलाई सुरुमै फरक–फरक समूहमा राख्दै ड्र प्रक्रिया परिवर्तन गरेपछि उनीहरू सेमिफाइनलअघि एकअर्कासँग नजुध्ने अवस्था बनेको थियो ।

    सेमिफाइनलमा अब स्पेन र फ्रान्स तथा अर्जेन्टिना र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।

    ४८ टोलीको नयाँ विश्वकप ढाँचामा शीर्ष टोलीहरू प्रारम्भिक नकआउट चरणमै बाहिरिने जोखिम कम गर्न फिफाले यो व्यवस्था गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images