काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित संविधान संशोधनसम्बन्धी बहसपत्र कार्यदल राजनीतिक रूपमा एक्लिएको छ ।
नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले राष्ट्रिय सहमतिविना संविधान संशोधन अघि बढाउन नहुने भन्दै कार्यदलबाट बाहिरिएका छन् ।
प्रमुख प्रतिपक्षी कांग्रेसले भने सुरुदेखि नै प्रतिनिधि नपठाएर असहमति जनाएको थियो ।
चार दलले संविधान संशोधनको दायरा, उद्देश्य र प्रक्रिया स्पष्ट नभएको आरोप लगाउँदै सर्वदलीय सहमतिका आधारमा मात्रै प्रक्रिया अघि बढाउन माग गरेका छन् ।
उता कांग्रेस सभापति गगन थापाले संविधान संशोधन ूलफंगा पारालेू गर्न नहुने भन्दै सरकारको कार्यशैलीको आलोचना गरेका छन् ।
विपक्षी दलहरूको बहिर्गमनपछि कार्यदलको राजनीतिक स्वीकार्यतामाथि प्रश्न उठे पनि संयोजक असिम शाहले असार मसान्तभित्र बहसपत्र प्रधानमन्त्रीलाई बुझाइने र काम नरोकिने बताएका छन् ।
कार्यदलका अनुसार देश–विदेशका विज्ञ तथा ४४ हजारभन्दा बढी नागरिकबाट सुझाव संकलन भइसकेको छ ।


विश्व खबर 



















