images
images
  • राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’

    काठमाडौं– राष्ट्रिय सभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक–२०८३’ लाई बहुमतले पारित गरेको छ ।

    बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

    प्रस्तावलाई राष्ट्रिय सभाको अध्यक्ष नारायणप्रसाद दाहालले निर्णयार्थ प्रस्तुत गर्दै बहुमतले पारित भएको घोषणा गरेका थिए ।

    यसअघि बैठकमा विनियोजन विधेयक–२०८३ अन्तर्गत सांसद सम्झना देवकोटा, मीनासिंह रखाल र सोमनाथ पोर्तेलले विभिन्न शीर्षकमा प्रस्तुत खर्च कटौतीका प्रस्ताव राखेका थिए ।

    खर्च कटौतीका प्रस्तावलाई बहुमतले अस्वीकृत गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images