images
images
  • मूल्य वृद्धिमा विचौलिया हावी भएको मन्त्रीहरूको स्वीकार, भने– ‘कारबाही गर्छौँ’

    काठमाडौं– राष्ट्रिय सभाको मंगलबारको बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीसँग सांसदहरूले प्रत्यक्ष प्रश्नोत्तर गरेका छन् ।

    पूर्वाधार विकास मन्त्री लम्सालले कर्णाली करिडोर सरकारको उच्च प्राथमिकतामा रहेको बताउँदै निर्माणाधीन पुलहरूको स्थलगत अनुगमन गरी समस्या समाधान गर्ने प्रतिबद्धता जनाए ।

    उनले तीन वर्षभित्र सिंगल लेन सडकलाई डबल लेनमा स्तरोन्नति गर्ने र पहिरो व्यवस्थापनका लागि पर्याप्त बजेट विनियोजन गरिएको जानकारी दिए ।

    उद्योग मन्त्री गौरी कुमारीले भने मूल्यवृद्धिमा बिचौलियाको प्रभाव रहेको स्वीकार गरिन् ।

    मन्त्रालयको मूल्य विश्लेषण प्रतिवेदनअनुसार पेट्रोलियम पदार्थको मूल्य, उत्पादन अवस्था र बजार तहमा सक्रिय बिचौलियाका कारण तरकारी तथा फलफूलको मूल्यमा अस्वाभाविक उतारचढाव आएको उनले बताइन् ।

    उनका अनुसार अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई सक्रिय बनाइएको छ ।

    विभागका टोलीले दैनिक बजार अनुगमन गरिरहेको र उपभोक्ता संरक्षण ऐनअनुसार अनियमितता भेटिएमा तत्काल कारबाही र जरिबाना गरिँदै आएको मन्त्री गौरीले जानकारी दिइन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images