images
images
  • संघीयता, समावेशीता र धर्मनिपेक्ष हटाएर संविधान संशोधन गर्ने शंका पाएपछि कार्यदलबाट बाहिरिए ४ दल

    काठमाडौं– संविधान संशोधन बहसपत्र तयार पार्न गठित कार्यदलबाट नेकपा, जसपा, लोसपा र राजमो बाहिरिएका छन् ।

    संविधानको प्रस्तावना तथा संघीयता, समावेशिताजस्ता आधारभूत मर्म परिवर्तन गर्ने संकेत देखिएको भन्दै उनीहरूले प्रतिवेदन लेखन प्रक्रियामा सहभागी नहुने घोषणा गरेका हुन् ।

    चार दलले सरकारसँग संविधान संशोधनका उद्देश्य, कार्यदलको क्षेत्राधिकार र संशोधनका विषय स्पष्ट पार्न पटक–पटक आग्रह गरे पनि कुनै स्पष्ट धारणा नआएको आरोप लगाएका छन् ।

    साथै, संविधानको प्रस्तावना र आधारभूत मूल्य–मान्यता नचलाउने लिखित प्रतिबद्धता तथा सर्वदलीय सहमतिमा मात्रै संशोधन प्रक्रिया अघि बढाउनुपर्ने माग राखेका छन् ।

    यता कार्यदल सदस्य मोहनलाल आचार्यले भने अन्तिम समयमा प्रक्रियाबाट बाहिरिनु उचित नभएको बताउँदै बहसपत्र निर्धारित समयमै प्रधानमन्त्रीलाई बुझाइने बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images