images
images
  • सेयर बजारमा उत्साह, सबै सर्किट हरियाली

    काठमाडौं– मंगलबार सेयर बजारमा सुधार देखिएको छ ।

    नेप्से परिसूचक २४.५७ अंकले बढेर २६५१ अंकमा पुगेको छ ।

    अघिल्लो कारोबार दिन २६.२९ अंकले घटेको बजार मौद्रिक नीतिप्रतिको सकारात्मक अपेक्षासँगै उकालो लागेको हो ।

    कारोबार रकम पनि बढेर ४ अर्ब ४० करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिन ३ अर्ब ५५ करोड रुपैयाँ थियो ।

    आज २१० कम्पनीको सेयर मूल्य बढ्दा ५७ कम्पनीको घट्यो भने १० कम्पनीको मूल्य स्थिर रह्यो ।

    सबै उपसूचक हरियो रहँदा बैंकिङ, व्यापार र विकास बैंक समूहमा उल्लेख्य वृद्धि देखियो ।

    कालंगा हाइड्रोपावरको सेयर मूल्य १५ प्रतिशतले बढ्दा आत्मनिर्भर लघुवित्त १३.७८ प्रतिशतले घट्यो ।

    सर्वाधिक कारोबार हुने कम्पनीमा ग्लोबल आईएमई बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, आँखुखोला जलविद्युत्, रिलायन्स स्पिनिङ मिल्स र शिवम् सिमेन्ट रहे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images