images
images
  • फिफा विश्वकप–२०२६ : स्विट्जरल्यान्ड–कोलम्बिया भिडन्त, क्वाटरफाइनल लक्ष्य

    काठमाडौं– फिफा विश्वकप २०२६ को राउण्ड अफ १६ (प्रिक्वाटरफाइनल) को अन्तिम खेलमा स्विट्जरल्यान्ड र कोलम्बिया मंगलबार बिहान १:४५ बजे क्यानडाको भ्यानकुभरस्थित बीसी प्लेस स्टेडियममा आमनेसामने हुँदैछन् ।

    दुवै टोली अफ्रिकी प्रतिद्वन्द्वीलाई हराउँदै अन्तिम १६ मा पुगेका हुन् ।

    स्विट्जरल्यान्डले अल्जेरियालाई २–० तथा कोलम्बियाले घानालाई १–० ले पराजित गरेको थियो ।

    ७२ वर्षपछि विश्वकपको क्वाटरफाइनल पुग्ने लक्ष्यमा रहेको स्विट्जरल्यान्ड समूह बीको विजेताका रूपमा नकआउट चरणमा पुगेको हो ।

    यता, सन् २०१४ पछि दोस्रो पटक क्वाटरफाइनल पुग्ने लक्ष्यसहित कोलम्बिया मैदान उत्रनेछ ।

    हेड–टु–हेडमा कोलम्बिया केही अगाडि छ ।

    चार भेटमा कोलम्बियाले दुई खेल जितेको, स्विट्जरल्यान्डले एक खेल जितेको र एक खेल बराबरीमा सकिएको छ ।

    स्विट्जरल्यान्डका कप्तान ग्रानिट जाका र युवा स्टार जोहान मान्जाम्बी तथा कोलम्बियाका लुइस डियाज र लुइस स्वारेज खेलका प्रमुख आकर्षण रहने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images