काठमाडौं– नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२–८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा सार्वजनिक गर्दै अर्थतन्त्र क्रमशः सुधारोन्मुख रहेको जनाएको छ ।
समीक्षाअनुसार औसत उपभोक्ता मुद्रास्फीति २.६६ प्रतिशतमा सीमित रहेको छ भने विदेशी विनिमय सञ्चिति १९.२ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने अवस्थामा पुगेको छ ।
बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेकाले निक्षेप तथा कर्जाको ब्याजदर पनि घट्दो क्रममा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अर्थतन्त्रलाई थप चलायमान बनाउन राष्ट्र बैंकले घर कर्जाको अधिकतम सीमा ३ करोड रुपैयाँ, व्यक्तिगत ओभरड्राफ्टको सीमा १ करोड रुपैयाँ तथा सेयर धितो कर्जाको एकल ग्राहक सीमा २५ करोड रुपैयाँ पुर्याएको छ ।
यद्यपि आन्तरिक मागमा अपेक्षित सुधार नआएका कारण कर्जा प्रवाहमा दबाब रहेको उल्लेख गर्दै राष्ट्र बैंकले लचिलो मौद्रिक नीतिले निजी क्षेत्रको लगानी र आर्थिक गतिविधि विस्तारमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।



विश्व खबर 




















