काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चूडामणि चापागाईंले पदबाट राजीनामा दिएका छन् ।
उनले सोमबार बिहान अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसमक्ष राजीनामा बुझाएका हुन् ।
चापागाईंले व्यक्तिगत कारणले राजीनामा दिएको बताएका छन् ।
२०८१ चैतमा मन्त्रिपरिषद्को निर्णयबाट नेप्सेको सीईओ नियुक्त भएका चापागाईंले कार्यकाल पूरा हुनुअघि नै पद त्याग गरेका हुन् ।
अब नयाँ सीईओ नियुक्तिका लागि अर्थ मन्त्रालयले प्रक्रिया अघि बढाउनेछ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















