काठमाडौं– नेपाली बजारमा सोमबार सुन–चाँदी दुवैको मूल्य घटेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेर २ लाख ८९ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
आइतबार सुन प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले घटेर ४ हजार ५ सय ८५ रुपैयाँ निर्धारण गरिएको छ ।
अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ६ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ४ हजार १ सय ५२ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















