images
images
  • टाट पल्टेको आयल निगमका कर्मचारीलाई मालामाल : दैनिक ४० करोड ७२ लाख भत्ता

    काठमाडौं– संस्था घाटामा रहेको भन्दै पेट्रोलियम पदार्थको मूल्यमा उपभोक्तालाई राहत दिन आनाकानी गर्ने नेपाल आयल निगमले भने आफ्ना कर्मचारीलाई चालू आर्थिक वर्षमा मात्रै ४० करोड ७२ लाख ८७ हजार रुपैयाँ विभिन्न भत्तामा वितरण गरेको छ ।

    निगमका ७८८ कर्मचारीले ओभरटाइम, औषधि–उपचार, महँगी, यातायात, कार्य प्रोत्साहन, पोसाक, दैनिक भ्रमण, उपसमिति बैठक, घर रंगरोगनलगायत १४ शीर्षकमा भत्ता पाएका हुन् ।

    सबैभन्दा बढी १३ करोड रुपैयाँ ओभरटाइम भत्तामा खर्च भएको छ ।

    उद्योगमन्त्री गौरीकुमारी यादवले ओभरटाइम भत्ता हटाएर तीन सिफ्टमा काम गराउन निर्देशन दिए पनि निगमले भाषा मात्रै परिवर्तन गरी भत्ता यथावत् राखेको आरोप छ ।

    यस्तै, औषधि–उपचार भत्तामा ४ करोड ८० लाख, दैनिक भ्रमणमा ४ करोड ५७ लाख, महँगी भत्तामा ३ करोड ८७ लाख, यातायात भत्तामा ३ करोड ३६ लाख र कार्य प्रोत्साहन भत्तामा ३ करोड ५ लाख रुपैयाँ खर्च भएको छ ।

    निगमले कर्मचारीलाई वर्षमा दुई पटक पोसाक भत्ता, घर रंगरोगनका लागि करिब ७० लाख रुपैयाँ, साथै उपसमिति बैठक, हवाई डिपो, सञ्चालक समिति बैठक, अनुगमन र फिल्ड भत्तासमेत वितरण गरेको छ ।

    उद्योग मन्त्रालयका सहसचिव तथा निगम सञ्चालक समिति सदस्य नेत्रप्रसाद सुवेदीले कर्मचारी सुविधा सम्बन्धी विनियमावली पुनरावलोकन गरी मितव्ययी र प्रभावकारी बनाउने तयारी भइरहेको बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images