काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले पहिलोपटक कुनै विदेशी प्रतिनिधिसँग वान–अन–वान (एक्लाएक्लै) भेटवार्ता गर्ने भएका छन् ।
प्रधानमन्त्रीले आगामी मंगलबार सिंहदरबारमा एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्दासँग एक्लाएक्लै भेट गर्ने कार्यक्रम तय भएको हो ।
कान्दा सोमबार काठमाडौं आइपुग्नेछन् ।
भ्रमणका क्रममा उनले परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री स्वर्णिम वाग्लेसँग छुट्टाछुट्टै भेट गर्नेछन् ।
अर्थमन्त्रीसँगको भेटपछि नेपाल–एडीबी सहायता सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।
सोमबार साँझ अर्थमन्त्री वाग्लेले नक्सालस्थित मेरियट होटलमा कान्दाको सम्मानमा विशेष रात्रिभोज आयोजना गर्नेछन् ।
प्रधानमन्त्री शाहले यसअघि नेपाल आएका अमेरिकी तथा भारतीय उच्च प्रतिनिधिहरूसँग भेट नगरेका थिए ।
तर, एडीबी अध्यक्षसँगको भेटलाई उनले प्राथमिकता दिएको भन्दै यसलाई आर्थिक कूटनीतिप्रति सरकारको विशेष चासोका रूपमा हेरिएको छ ।


विश्व खबर 




















