इटहरी– फुटबलको विश्वकप प्रतियोगितालाई लक्षित गर्दै इटहरीस्थित रामादा बाई विन्धाम इटहरीले विशेष ‘स्टेकेशन’ प्याकेज सार्वजनिक गरेको छ। होटलले सार्वजनिक स्थलको भीडभाडबाट टाढा रहेर आरामदायी वातावरणमा विश्वकपको रोमाञ्च अनुभव गर्न चाहने फुटबलप्रेमीहरूका लागि ‘Big Match on TV, Premium Service on Call’ नामक प्याकेज ल्याएको जनाएको छ।
होटलका अनुसार यस प्याकेजअन्तर्गत पाहुनाहरूले आफ्नै कोठामा बसेर फिफा विश्वकपका सम्पूर्ण खेलहरूको प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन्। प्रत्येक कोठामा टेलिभिजनको व्यवस्था भएकाले बार वा सार्वजनिक प्रदर्शनस्थलको भीडभाड बिना सहज रूपमा खेलको आनन्द लिन सकिने जनाइएको छ। एक्लै खेल हेर्न चाहनेदेखि साथीभाइसँग बसेर विश्वकपको उत्साह साट्न चाहनेहरूका लागि यो प्याकेज उपयुक्त हुने होटलको विश्वास छ।
प्याकेजको शुल्क एक जना पाहुनाका लागि ६ हजार ५ सय रुपैयाँ तथा दुई जनाका लागि ७ हजार ५ सय रुपैयाँ तोकिएको छ। उक्त शुल्कमा सबै कर समावेश छन्। प्याकेजमा भेज तथा ननभेज स्न्याक्स, बियर, होटलको स्विमिङ पुल, साउना र स्टीम सुविधाको प्रयोगसमेत समावेश गरिएको छ।
होटलले विश्वकपका सेमिफाइनल र फाइनल खेलका अवसरमा विशेष बिग स्क्रिन भ्यूइङ कार्यक्रमसमेत आयोजना गर्ने जनाएको छ। यसमार्फत पाहुनाहरूले सामूहिक वातावरणमा विश्वकपको रोमाञ्चक अनुभव लिन सक्नेछन्।
यसका अतिरिक्त उपलब्धताका आधारमा बेलुकी ४ बजेसम्म अर्ली चेक-इन तथा लेट चेकआउटको सुविधा पनि प्रदान गरिनेछ। होटलभित्रका अतिरिक्त खानपान सेवामा १० प्रतिशत छुटको व्यवस्था समेत गरिएको होटलले जनाएको छ।
होटल व्यवस्थापनका अनुसार यो प्याकेजले रिसोर्टस्तरको आरामदायी बसाइसँगै विश्वकपको उत्साहलाई अझ विशेष बनाउने लक्ष्य राखेको छ। व्यवसायिक यात्रा, पारिवारिक भ्रमण वा छोटो विश्रामका क्रममा फुटबलको रोमाञ्च पनि सँगै अनुभव गर्न चाहने पाहुनाहरूका लागि यो आकर्षक विकल्प बन्न सक्ने विश्वास होटलले व्यक्त गरेको छ।
पूर्वी नेपालको प्रमुख व्यावसायिक केन्द्र इटहरीमा रहेको रामादा बाई विन्धाम इटहरीमा ८१ वटा आधुनिक कोठा तथा सुइट छन्। होटलमा NUA, सुत्र लाउन्ज, एरिया र सुक्र बारसहित चारवटा भोजन स्थल, ब्यान्क्वेट हल, ओपन लन, स्विमिङ पुल तथा आधुनिक फिटनेस सेन्टरजस्ता सुविधा उपलब्ध छन्। होटलले अन्तर्राष्ट्रियस्तरको आतिथ्य सेवालाई नेपाली आतिथ्य संस्कृतिसँग संयोजन गर्दै पूर्वी नेपालको प्रमुख हस्पिटालिटी गन्तव्यका रूपमा आफ्नो पहिचान विस्तार गरिरहेको जनाएको छ।


विश्व खबर 



















