images
images
  • असारे विकासको चटारोमा बालेन सरकार, ४ दिनमै अर्बौं खर्च

    काठमाडौं– आर्थिक वर्ष २०८२/०८३ सकिन चार दिन मात्र बाँकी रहँदा बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले बजेट खर्चलाई तीव्र बनाएको छ ।

    असार २४ भित्र अधिकांश सरकारी भुक्तानी सक्नुपर्ने व्यवस्थाका कारण दैनिक अर्बौं रुपैयाँ निकासा भइरहेको छ ।

    महालेखा नियन्त्रक कार्यालयका अनुसार १९ असारसम्म सरकारले १४ खर्ब ७१ अर्ब ७१ करोड रुपैयाँ (७४.९३ प्रतिशत) बजेट खर्च गरेको छ ।

    शुक्रबार मात्रै १ अर्ब ८२ करोड रुपैयाँभन्दा बढी भुक्तानी गरिएको थियो ।

    यद्यपि पुँजीगत खर्च भने अत्यन्त कमजोर देखिएको छ ।

    ४ खर्ब ७ अर्ब ८८ करोड रुपैयाँ विनियोजन गरिएकामा १९ असारसम्म केवल ३६.५५ प्रतिशत मात्र खर्च भएको छ ।

    अर्थविद्हरूले यसलाई इतिहासकै कमजोर विकास खर्चमध्ये एक भन्दै सरकारले प्रभावकारी कार्यान्वयन गर्न नसकेको टिप्पणी गरेका छन् ।

    यस वर्ष विकास निर्माणमा भएको सुस्त गतिका कारण सार्वजनिक ऋणको सावाँ–ब्याज भुक्तानी (३ खर्ब २० अर्ब रुपैयाँभन्दा बढी) पुँजीगत खर्च (१ खर्ब ४९ अर्ब रुपैयाँ) भन्दा दोब्बरभन्दा बढी पुगेको छ ।

    आर्थिक वर्षको अन्त्यसम्म पनि पुँजीगत खर्च ५० प्रतिशत नाघ्न कठिन हुने अनुमान गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images