images
images
  • प्रम बालेनको निर्वाचन क्षेत्रमा ७ लाख ६१ हजार मेट्रिकटन खाद्यान्न उत्पादन

    झापा– झापामा सात लाख ६१ हजार ४३२ मेट्रिकटन खाद्यान्न उत्पादन भएको छ ।

    आर्थिक वर्ष २०८२–८३ मा वर्खे धान, चैतेधान, मकै, कोदो, फापर, गहुँ र जौ गरी छ प्रकारका सात लाख ६१ हजार ४३२ दशमलव ७८ मेट्रिकटन खाद्यान्न भएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिए ।

    सो अवधिमा चैतेधान ८९ हजार ६५५.३ मेट्रिकटन, वर्खे धान तीन लाख ७७ हजार ५३४.३५ मेट्रिकटन, मकै दुई लाख ८३ हजार १८७.८८ मेट्रिकटन, कोदो ८६९.४७ मेट्रिकटन उत्पादन भएको छ ।

    फापर तीन हजार ७५८.७ मेट्रिकटन, गहुँ छ हजार ४१९ मेट्रिकटन र जौ ८.१ एक मेट्रिकटन उत्पादन भएको कार्यालय प्रमुख विष्टले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images