काठमाडौं– अमेरिकी थिंक ट्यांक मिडिल इस्ट फोरमले चीनले आफ्नो रक्षा उद्योग र रणनीतिक प्रभाव विस्तार गर्न पाकिस्तानलाई ‘गेटवे’का रूपमा प्रयोग गरिरहेको दाबी गरेको छ ।
प्रतिवेदनमा पाकिस्तान र लिबियाली नेशनल आर्मीबीच जेएफ–१७ लडाकु विमानसहित ४ अर्ब अमेरिकी डलरभन्दा बढीको सम्भावित रक्षा सम्झौतालाई यसको प्रमुख उदाहरणका रूपमा उल्लेख गरिएको छ ।
यसले लिबियामाथिको संयुक्त राष्ट्रसंघीय हतियार प्रतिबन्ध कमजोर पार्न सक्ने र क्षेत्रीय तनाव बढाउने चेतावनी दिइएको छ ।
प्रतिवेदनले सन् २०२१–२०२४ बीच पाकिस्तानले आयात गरेका ८० प्रतिशतभन्दा बढी हतियार चीनबाट आएको उल्लेख गर्दै पाकिस्तानको सैन्य निर्भरता चीनतर्फ तीव्र रूपमा बढेको जनाएको छ ।
पाकिस्तानले जेएफ–१७ लडाकु विमान, चिनियाँ ड्रोन र एचक्यू–९ वायु रक्षा प्रणालीलाई अन्तर्राष्ट्रिय बजारमा सक्रिय रूपमा प्रवर्द्धन गरिरहेको पनि प्रतिवेदनमा उल्लेख छ ।
थिंक ट्यांकका अनुसार चीनले पाकिस्तानमार्फत पश्चिम एसियासहित विभिन्न देशमा आफ्नो रक्षा बजार र रणनीतिक प्रभाव विस्तार गर्ने दीर्घकालीन योजना अघि बढाइरहेको छ ।


विश्व खबर 




















