काठमाडौं– सरकारले जेनजी आन्दोलनको क्रममा भदौ २३–२४ का घटनासँग सम्बन्धित अदालतमा विचाराधीन मुद्दाको सुनुवाइ तत्काल अघि नबढाउन पहल गरेको छ ।
गृह मन्त्रालयको अनुरोधपछि महान्यायाधिवक्ता कार्यालयले देशभरका सरकारी वकिल कार्यालयलाई कार्यदलको प्रतिवेदन नआएसम्म मुद्दाको प्रक्रिया अघि नबढाउन परिपत्र गरेको छ ।
सरकारले जेनजी आन्दोलनसँग सम्बन्धित मुद्दा फिर्ता गर्न मिल्ने–नमिल्ने अध्ययनका लागि कार्यदल गठन गर्ने तयारी गरेको छ ।
सोही अध्ययन नसकिँदासम्म सुनुवाइ स्थगित गर्न आग्रह गरिएको हो ।
यद्यपि, विचाराधीन मुद्दाको सुनुवाइ रोक्ने वा अघि बढाउने अन्तिम अधिकार भने अदालतकै हुने कानुनी व्यवस्था छ ।
हाल भदौ २४ का घटनामा संलग्न भएको आरोपमा दुई सयभन्दा बढी व्यक्तिविरुद्ध विभिन्न अदालतमा मुद्दा विचाराधीन छन् ।
प्रतिक्रिया दिनुहोस्






















